सानिमा माई हाइड्रोपावरले ५% नगद लाभांश वितरण गर्न थाल्यो, खातामा नआए के गर्ने ?

31 Oct,2018
  • sanima-mai-hydropower-Ltd_12_21_2017_2_32_21.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा माई हाइड्रोपावरले बुधबार (कात्तिक १४ गते) बाट ५% नगद लाभांश वितरण गर्न थालेको छ । कम्पनीले असोज २६ गतेसम्म आफ्नो डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको हो ।  हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने भएका छन् । 
 
अहिलेसम्म पनि डिम्याट नगरेकालाई भने तत्काल सेयर डिम्याट गर्न आग्रह गरिएको छ । त्यसका लागि सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौं, सानिमा बैंकको जुनसुकै शाखा कार्यालय वा अन्य निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ । त्यसपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ । 
 
यसैगरी, सेयर धितोमा राखेकाहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतिपत्र कम्पनीमा उपलब्ध गराएपछि नगद लाभांश बैंक खातामा पाउनेछन् । सानिमा माईको कात्तिक ८ गते सम्पन्न सभाले १०% बोनस सेयर र ५% नगद गरी कुल १५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
 

Post Your Comment