Market Closed

सगरमाथा इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, २४ भदौ २०७३)

09 Sep,2016
  • sagarmatha_insurance_resize_9_11_2016_12_00_01.jpg


२०७२/७३ २०७२/७३ आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा साढे २ गुणा बढेको छ । कम्पनीको गत असारमा भएको साधारणसभाले पारित गरेको २३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा सेतो सानो मारुबोजु बनेको छ । यसले शेयर खरीद चाप बढेको देखिन्छ ।

आरएसआई : न्युट्रल जोन (५६ दशमलव ७३ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा छ । स्ट्याण्डर्ड डेभिएशन ७८ दशमलव ३९ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने रेखा, २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. २ हजार १ सय ९१ मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. २ हजार ३ सय ७१ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को चौथो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
- कम्पनीको अन्तिम त्रैमासमा खुद नाफा २ गुणा बढेर रू. १८ करोड ३८ लाख पुगेको छ । आम्दानी ३ गुणा र आय ३० दशमलव ३२ प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा २१ प्रतिशतबाट बढेर रू. ४१ दशमलव ६६ प्रतिशत पुगेको छ ।

- जगेडा कोष १ दशमलव ३६ घटेर रू. १४ करोड ३२ लाखमा सीमित भएको छ भने बीमा कोष ३० दशमलव ८४ प्रतिशत बढेर रू. ३८ करोड ९९ लाख पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा ६ दशमलव ६२ प्रतिशत घटेर रू. ३० करोड ३८ लाखमा सीमित भएको छ ।

- आय ३० दशमलव ३२ प्रतिशत बढेर रू. १ अर्ब ६१ करोड  र व्यय १० दशमलव ८३ प्रतिशत बढेर रू. १ अर्ब ३३ करोड छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू ५१ दशमलव ३४ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू ५१ दशमलव ३४ प्रतिशत बढेको छ ।

- कुल दाबी भुक्तानी सङ्ख्या ४ हजार २ सय ३१ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या २ हजार ६ सय ५४ छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ३७ र पीई रेशियो साढे ५७ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको १० गुणा छ ।

Post Your Comment