Market Closed

सगरमाथा इन्सुरेन्सले २२ प्रतिशत बोनस दिने, कर दिन नगद लाभांश पनि

20 Nov,2016
  • sagarmatha_in_11_20_2016_12_14_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : सगरमाथा इन्सुरेन्स कम्पनीले २२ प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि १.५७९ प्रतिशत नगद लाभांशसमेत दिने निर्णय गरेको हो । 
 
कम्पनीको निर्णय नियामक बिमा समिति र आगामी साधारण सभाले अनुमोदन गरेपछिमात्र कार्यान्वयनमा आउनेछ । 
 
सगरमाथा इन्सुरेन्स कम्पनीको चुक्ता पुँजी ४४ करोड १२ लाख २३ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १९ करोड ३२ लाख १५ हजार जम्मा भइसकेको छ । 
 
सगरमाथाको बिमा कोषमा ३९ करोड १७ लाख २२ हजार अनि महाविपत्ति कोषमा दुई करोड ८० लाखभन्दा बढी पैसा छ । 
 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सगरमाथा इन्सुरेन्सले तीन करोड नौ लाख ३६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी सात रूपैयाँ एक पैसा तथा प्रतिसेयर नेटवर्थ २३८ रूपैयाँ ९१ पैसा छ । 

Post Your Comment