Market Closed

सगरमाथा इन्सुरेन्सको २२ प्रतिशत बोनस पारित, यसै वर्ष शाखा ४२ वटा पुर्याउने योजना

12 Jan,2017
  • agmm_1_8_2017_12_49_33_1_13_2017_8_48_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : सगरमाथा इन्सुरेन्सको बुधबार सम्पन्न साधारणसभाले २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । त्यस्तै, कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न १.१५७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पनि पारित गरेको छ । सभामा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले अघिल्लो वर्षको तुलनामा यस वर्ष सिद्धार्थले ८.८६ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको बताए ।
 
आम्रपाली बैंकेट, भाटभटेनीमा आयोजना गरिएको साधारण सभामा अध्यक्ष मानन्धरले व्यवसाय वृद्धिबाट कम्पनीले एक अर्ब ११ करोड २१ लाख २२ हजार रूपैयाँ प्रिमियम आर्जन गर्न सफल भएको जानकारी दिए । यस्तै, कम्पनीले २० करोड ६७ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७५.४८ प्रतिशतले धेरै हो । 
 
चालु आर्थिाक वर्षको पुस २६ गतेसम्म कम्पनीले  ६४ करोड रुपैयाँ बिमा प्रिमियम संकलन गरेको छ । हाल कम्पनीले प्रधान कार्यालयबाहेक ३३ वटा शाखा कार्यालयबाट बिमा सेवा उपलब्ध गराउँदै आएको छ । यसलाई बढाएर चालु आर्थिक वर्षको अन्त्य सम्ममा शाखा ४२ वटा पुर्याउने कम्पनीको योजना छ । 
 

Post Your Comment