Market Closed

सगरमाथा इन्सुरेन्सको खुद नाफा ३७.५४% वृद्धि हुँदा चुक्ता पुँजी र प्रतिसेयर आम्दानी कति ?

14 May,2017
  • sagarmatha_5_14_2017_12_07_30.jpg
नेपाली पैसा
 
काठमाडौं :  सगरमाथा इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७.५४% ले खुद नाफा वृद्धि गरेको छ । यो त्रैमासमा सगरमाथाले २१ करोड १७ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको यही अवधिमा इन्सुरेन्सको खुद नाफा १५ करोड ३९ लाख ३० हजार रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी पनि ५०.९७% ले बढेको छ । तेस्रो त्रैमासमा सगरमाथाको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ छ । चुक्ता पुँजी गत वर्ष ३५ करोड ६५ लाख ४४ हजार रुपैयाँ मात्र थियो । इन्सुरेन्सले रिजर्भ कोषमा पनि २४.९९% वृद्धि गरेर २० करोड ८८ लाख २४ हजार रुपैयाँ जम्मा गरेको छ । गत वर्ष कम्पनीको रिजर्भ कोषमा ११ करोड ५० लाख ८८ हजार ६५१ रुपैयाँ मात्र थियो ।  
 
यसैगरी, तेस्रो त्रैमाससम्ममा कम्पनीको महाविपत्ति जगेडा कोषमा २ करोड ८० लाख ८० हजार रुपैयाँ रहेको छ । सगरमाथाको बिमा कोषको आकार बढेर ३९ करोड १७ लाख २२ हजार रुपैयाँ पुगेको छ । बिमा कोष पनि गत वर्षको तुलनामा ३१.४२% बढी हो । गत वर्ष कम्पनीको बिमा कोषमा २९ करोड ८० लाख ६४ हजार रुपैयाँ थियो । यो त्रैमाससम्ममा सगरमाथाले १ अर्ब १० लाख ६३ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६२ करोड ८६ लाख १६ हजार रुपैयाँ कुल दाबी भुत्तानी गरेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६८ पैसा रहेको सगरमाथाको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ७६ पैसा छ ।  
 

Post Your Comment