Market Closed

सगरमाथा इन्सुरेन्सले सेयरधनीलाई किन पार्यो हिस्स ?

14 Nov,2017
  • sagarmatha-insurance-c_11_14_2017_11_47_08.jpg
नेपाली पैसा
 
काठमाडौं : सगरमाथा इन्सुरेन्सका लगानीकर्ताले यसपालि कत्ति पनि लाभांश नपाउने भएका छन् । सोमबार बसेको सगरमाथा इन्सुरेन्स कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरेको छ । तर गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई भने बोनस वा नगद केही  पनि लाभांश नदिने निर्णय गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा यो इन्सुरेन्सले २५ करोड ५५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सगरमाथाको हाल चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ छ । सगरमाथालाई बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन अझै ४६ करोड १७ लाख ८ हजार रुपैयाँ आवश्यक छ । कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ २३६ रुपैयाँ ६२ पैसा छ ।

 
 
 
 
 

Post Your Comment