Market Closed

सगरमाथा इन्सुरेन्सको साधारण सभा हुँदै, यस्ता छन् मुख्य एजेन्डा

05 Jan,2018
  • sagarmatha-insurance-company-ltd_1_5_2018_10_34_33.jpg
नेपाली पैसा
 
काठमाडौं : सगरमाथा इन्सुरेन्सको साधारण सभा आज (पुस २१ गते) अम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ । सगरमाथाले अधिकृत पुँजी १ अर्ब ५० करोडबाट बढाएर २ अर्ब पुर्याउने र जारी पुँजी १ अर्बबाट वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव गर्दैछ । कम्पनीको प्रबन्धपत्रमा संशोधन गरी अधिकृत तथा जारी पुँजी वृद्धि गर्नेलाई नै मुख्य एजेन्डा बनाएर साधारण सभा बोलाइएको छ । सगरमाथाले यसपालि लगानीकर्तालाई लाभांश भने नदिने भएको छ । सभा गर्न कम्पनीले पुस ७ देखि आज (पुस २१ गते) सम्म बुक क्लोज गरेको छ । हाल सगरमाथाको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ छ । सगरमाथालाई बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन अझै ४६ करोड १७ लाख ८ हजार रुपैयाँ आवश्यक छ । कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ २३६ रुपैयाँ ६२ पैसा छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो इन्सुरेन्सले ३ करोड २६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment