Market Closed

सगरमाथा विस्तारै उक्लिंदै, खुद नाफा ७.०१% ले बढ्दा कति छ चुक्ता पुँजी ?

13 Feb,2018
  • sagarmatha-insurance-company-lt_2_13_2018_1_36_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : सगरमाथा इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७.०१% ले खुद नाफा वृद्धि गरेको छ । यो त्रैमासमा सगरमाथाले ७ करोड २ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको यही अवधिमा खुद नाफा ६ करोड ५६ लाख ६७ हजार रुपैयाँ थियो । यसअवधिमा कम्पनीले ८६ करोड ३ लाख ९ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष ६५ करोड ६० लाख ४० रुपैयाँ बिमा शुल्क आर्जन भएको थियो । सगरमाथाले पुनर्बिमा कमिसनबाट ११ करोड २० लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा ५२ करोड ८७ लाख ४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ७१ करोड ५५ लाख ६६ हजार रुपैयाँ छ । कम्पनीले खुद बिमा शुल्कबाट हुने आम्दानी पनि ३२ करोडबाट बढाएर ४५ करोड ६६ लाख ४८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ रहेको सगरमाथाको जगेडा कोषमा २८ करोड ८५ लाख ८५ हजार रुपैयाँ छ । कम्पनीले चुक्ता पुँजीसँगै जगेडा कोषलाई पनि थप मजबुत बनाउँदै जानुपर्ने देखिन्छ । सगरमाथाले गत वर्षको कमाईबाट लगानीकर्तालाई यसपटक लाभांश दिएन । 

सगरमाथालाई बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन अझै ४६ करोड १७ लाख ८ हजार रुपैयाँ आवश्यक छ । यसैगरी, सगरमाथाले महाविपत्ति कोषमा ४ करोड ५९ लाख ९३ हजार रुपैयाँ जगेडा राखेको छ । बिमा कोषको आकार पनि ३९ करोडबाट बढेर ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँको भएको हो । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०५ पैसा रहेको सगरमाथाको प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ ९५ पैसा छ ।
 
 
 

Post Your Comment