Market Closed

प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ८८ पैसा रहेको सगरमाथा इन्सुरेन्सको नाफा कति ?

29 Aug,2018
  • sagarmatha-insurance-company-lt_2_13_2018_1_36_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : सगरमाथा इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३३ करोड ३० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्षको भन्दा नाफा २०.६०% ले धेरै हो । अघिल्लो वर्ष सगरमाथाले २७ करोड ६२ लाख ७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
 
खुद बिमा शुल्क पनि ६३ करोड ८१ लाख रुपैयाँबाट बढाएर ८८ करोड ४९ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ । यता, पुनर्बिमा कमिसनबाट पनि सगरमाथाले २५ करोड ५० लाख ९६ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष पुनर्बिमा कमिसनबाट १९ करोड ९७ लाख १९ हजार रुपैयाँ मात्र आम्दानी गर्न सकेको थियो । 
 
चौथो त्रैमाससम्ममा यस कम्पनीले १ अर्ब ८३ करोड ८० लाख १२ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ भने ३२ करोड ५२ लाख ७६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम ३७ करोड ६४ लाख ६३  हजार रुपैयाँ छ । 
 
यस इन्सुरेन्सको जारी बिमा लेखको संख्या ९९ हजार १६९ पुगेको छ । चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ रहेको सगरमाथाको रिजर्भ कोषमा ५१ करोड ७८ लाख ६० हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा हेर्दा सगरमाथाको रिजर्भ कोष आकर्षक मान्न सकिन्छ ।  
 
सगरमाथाको बिमा कोषमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ८८ पैसा (वार्षिक) रहेको सगरमाथाको प्रतिसेयर नेटवर्थ ३०१ रुपैयाँ ७४ पैसा छ । 

ल हेर्नुहोस् सगरमाथा इन्सुरेन्सको वित्तीय विवरण यहाँ क्लिक गरेर । 
 

Post Your Comment