Market Closed

शिखरको २९% बोनस सेयरपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

08 Dec,2017
  • Shikhar-insurance-company-Ltd_12_8_2017_10_55_12.jpg
नेपाली पैसा
 
काठमाडौं : शिखर इन्सुरेन्सको २९% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ सय ७८ रुपैयाँ कायम भएको छ । अब बजार खुल्दा शिखरको सेयर कारोबार १३ सय ७८ रुपैयाँलाई नै आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने १५ सय २५ रुपैयाँ छ । इन्सुरेन्सले पुस ७ गते वार्षिक साधारण सभा गर्न शुक्रबारदेखि बुक क्लोज गरेको हो । सभामा २९% बोनस सेयर र कर तिर्न १.५३% नगद लाभांश दिने प्रस्ताव लगिंदैछ । यसअघिको वार्षिक साधारण सभाबाट पारित एफपीओ ल्याउने प्रस्ताव खारेज गरी प्रबन्धपत्र तथा नियमावीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसका साथै शिखर इन्सुरेन्स कम्पनीले सर्वसाधारण सेयरको हिस्सा बढाएर ४४% पुर्याउने भएको छ । कम्पनीले संस्थापक सेयरको २०% (कुल सेयरको १४%) सेयर सर्वसाधारण सेयरमा परिणत गरी सर्वसाधारण सेयरको हिस्सा ४४% पुर्याउने प्रस्ताव सभामा राख्नेछ । हाल सर्वसाधारण सेयरको हिस्सा ३०% मात्र छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिखरले ९ करोड ५५ लाख ४५ हजार ४६१ रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ८१ करोड ७६ लाख ६८ हजार ३०० रुपैयाँ छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ४३ पैसा छ ।

Post Your Comment