Market Closed

शिखर इन्सुरेन्सको खुद नाफा ९.१६% बढ्दा बिमा कोषमा ७३ करोड

13 Feb,2018
  • Shikhar-insurance-compan_12_2_13_2018_11_13_16.jpg
नेपाली पैसा 
 
काठमाडौं : शिखर इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड ६६ लाख ७३ हजार ४४० रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ९.१६% धेरै हो । गत वर्ष शिखरले १८ करोड १ लाख ६६ हजार ११ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । चालु आार्थिक वर्षको दोस्रो त्रैमाससम्ममा शिखरले १ अर्ब ६२ करोड ४१ लख ७७ हजार ८७७ रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष १ अर्ब ३३ करोड ९९ लाख ७१ हजार ६३३ रुपैयाँ बिमा शुल्क आर्जन भएको थियो । शिखरले पुनर्बिमा कमिसनबाट १८ करोड ३१ लाख ५४ हजार १०२ रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ८६ करोड ८९ लाख २२ हजार ७४५ रुपैयाँ छ ।

चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको शिखरको जगेडा कोषमा १२ करोड ५३ लाख २२ हजार ३३५ रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिसँगै जगेडा कोषलाई पनि थप मजबुत बनाउँदै जानुपर्ने देखिन्छ । गत वर्षको कमाईबाट २९% बोनस दिने प्रस्ताव पुस ७ मा भएको सभाले पास गरिसकेको छ । बोनसपछि चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुगेको हो । यसैगरी, महाविपत्ति कोषमा ५ करोड २९ लाख ५७ हजार ५३० रुपैयाँ राखेको शिखरको बिमा कोषको आकार पनि ५४ करोडबाट बढेर ७३ करोड ३७ लाख २१ हजार ६७० रुपैयाँको भएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ २२ पैसा छ ।

http://www.nepalipaisa.com/documentviewer.aspx/SICL/Shikhar-Insurance-Co.-Ltd./file/shikhar_insurance_co_ltd_watermark_2_12_2018_12_27_42_PM.pdf
 

Post Your Comment