Market Closed

शिखरको संस्थापक र साधारण सेयर अनुपात अब ६०ः४०, एजीएमको निर्णय संशोधन

05 Apr,2018
  • Shikhar-insurance-compan__4_5_2018_11_22_25.jpg
नेपाली पैसा
 
काठमाडौं : शिखर इन्सुरेन्स कम्पनीले संस्थापक र सर्वसाधारण समूहको सेयर हिस्सा ६०ः४० अनुपात कायम गर्ने भएको छ । यसअघि शिखरको गत पुस ७ गतेको साधारण सभाले संस्थापक हिस्सा ६६% र सर्वसाधारण हिस्सा ४४% बनाउने प्रस्ताव पारित गरेको थियो । त्यस निर्णय परिमार्जन गर्दै अब संस्थापक र सर्वसाधारण समूहको सेयर हिस्सा ६०ः४० कायम गर्न लागिएको हो । बिमा समितिले संस्थापक र सर्वसाधारण हिस्सा ६०ः४० बनाउन निर्देशन दिएपछि नयाँ व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । 
 
शिखरले अब १४.२८६% संस्थापक सेयर (कुल सेयरको १०%) लाई साधारणमा परिणत गरी सर्वसाधारण सेयरको हिस्सा ४०% बनाउनेछ । यसअघि साधारण सभाबाट भने संस्थापक सेयरको २०% (कुल सेयरको १४%) सेयर साधारण सेयरमा परिणत गरी सर्वसाधारण सेयरको हिस्सा ४४% पुर्याउने निर्णय भएको थियो । हाल कम्पनीमा सर्वसाधारण सेयरको हिस्सा ३०% मात्र छ । 
 
शिखरको पुस ७ गते सम्पन्न साधारण सभाले एफपीओ ल्याउने प्रस्ताव पनि खारेज गरिसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीले १९ करोड ६६ लाख ७३ हजार ४४० रुपैयाँ खुद नाफा कमाएको छ । शिखरको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ २२ पैसा छ ।
 
 
 
 
 
 

Post Your Comment