Market Closed

शिखर इन्सुरेन्सको १०% संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहनेले अब के गर्ने ?

08 May,2018
  • Shikhar-insurance-company-Ltd_5_8_2018_1_05_36.jpg
नेपाली पैसा
 
काठमाडौं : शिखर इन्सुरेन्सले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न तयार भएको वा नभएको विषयमा जानकारी गराउन सेयरधनीलाई आग्रह गरेको छ । यस इन्सुरेन्सका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति (वैशाख २५ गते) बाट ३५ दिनभित्र सेयर संरचना परिवर्तन गर्न तयार भएको वा नभएको विषयमा जानकारी गराउनु पर्नेछ ।
 
शिखरले पुस ७ गतेको वार्षिक साधारण सभाबाट २०% संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । तर बिमा समितिले एजीएमको निर्णय संशोधन गरी १०% संस्थापक सेयर मात्र सर्वसाधारणमा परिवर्तन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ६०% र सर्वसाधारण हिस्सा ४०% बनाउन लागेको हो ।
 
शिखरले ३५ दिनभित्र केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथली काठमाडौंमा निवेदन दिन अनुरोध गरेको छ । यो समयभित्र सेयरधनीबाट कुनै जानकारी नआएमा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने सहमति दिएको मानिने कम्पनीले जनाएको छ ।

Post Your Comment