Market Closed

शिखर इन्सुरेन्सले डिम्याट खातामै पठायो है २९% बोनस, नपाउने यसो गर्नुहोस्

30 May,2018
  • Shikhar-insurance-company_5_30_2018_6_00_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : शिखर इन्सुरेन्सले २९% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत मंसिर २१ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस खातामै जम्मा गरिदिएको हो । त्यस्तै, त्यस समय पश्चात डिम्याट गरेका सेयरधनीहरुको बोनस सेयर पनि क्रमशः जम्मा गरिदिने बताएको छ । 
 
हालसम्म भौतिक रुपमै सेयर लिएका सेयरधनीले भने एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं,  लालदरवार काठमाडौं सहित ललितपुर, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखा कार्यालयमा सम्पर्क गरी तत्काल सेयर अभौतिकीकरण गर्न भनिएको छ । डिम्याट गराएपछि मात्र बोनस खातामा जम्मा हुनेछ । 
 
सेयर धितोकर्जा लिएका सेयरधनीको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको धितो फुकुवाको स्वीकृति पत्र बुझएपछि मात्र खातामा बोनस जम्मा हुनेछ । शिखर इन्सुरेन्सको गत पुस ७ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट २९% बोनस सेयर र कर तिर्न १.५३% नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

हाल शिखरको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३१ करोड १ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा (बार्षिक) रहेको शिखरको प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ९७ पैसा छ । 
 

Post Your Comment