Market Closed

श्री इन्भेष्टमेन्टको २ लाख ७७ हजार कित्ता संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले पनि पाउने

11 Apr,2018
  • Shree-investment-finance-com_4_11_2018_10_50_26.jpg
नेपाली पैसा
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले बुधबार (चैत २८ गते) देखि संस्थापक समूहको २ लाख ७७ हजार ९९६.५३ कित्ता सेयर पुनः लिलामी बिक्री खुला गरेको छ । यसमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद वैशाख ५ गते छ ।

कम्पनीले यसअघि चैत ८ गतेदेखि १६ गतेसम्म संस्थापक समूहको २ लाख ७७ हजार ९९६.५३ कित्ता र सर्वसाधारणतर्फ ६६ हजार ३७७.०९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । जसमा सर्वसाधारण समूहको सेयरमा न्यूनतम १८६ रुपैयाँसम्म भाउ राखेर बोलपत्र पेश गर्नेले पाएका थिए । तर संस्थापक समूहको कुनै पनि सेयर नबिकेपछि सर्वसाधारणले पनि किन्न पाउने गरी फेरि लिलामीमा ल्याइएको हो ।
 
यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले माघ १५ गतेदेखि २८ लाख ६७ हजार २२५.६२ कित्ता ९८३५० हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गर्न लागेको हो ।
 
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं र विराटनगर, भैरहवा शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंकको विरगञ्ज, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

Post Your Comment