Market Closed

श्री इन्भेष्टमेन्टको खुद नाफा ९.७७% बढ्दा रिजर्भमा छ लोभ्याउने पैसा

01 May,2018
  • Shree-investment-finance-company_5_1_2018_3_15_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ४९ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा ९.७७% धेरै हो । गत वर्ष ५ करोड ९२ लाख १२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा २.४६% ले घटेको छ । गत वर्ष १२ करोड ८३ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस फाइनान्सले यो त्रैमासमा १२ करोड ५१ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी हासिल गरेको छ । 
 
सञ्चालन नाफा ९ करोड १० लाखबाट वृद्धि गरेर ९ करोड ९३ लाख १० हजार रुपैयाँ पुगेको छ । निक्षेप ३ अर्ब ३१ करोड रुपैयाँबाट बढाएर ३ अर्ब ४० करोड ३८ लाख ८४ हजार रुपैयाँ पुर्याएको यस कम्पनीले ३ अर्ब १८ करोड ३१ लख २३ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सक्षम भएको छ । गत वर्ष २ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
 
चुक्ता पुँजी ३४ करोड ५४ लाख ४८ हजार रुपैयाँ रहेको श्री इन्भेष्टमेन्टको रिजर्भमा ३७ करोड ९२ लाख १७ हजार रुपैयाँ छ । रिजर्भ कोष भने निकै आकर्षक देखिन्छ । कम्पनीले माघ १५ देखि फागुन २० गतेसम्म २८ लाख ६७ हजार २२५.६२ कित्ता (८३%) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

त्यतिबेला बिक्री नभएका ३ लाख ४४ हजार ३७३.६२ कित्ता हकप्रद सेयर चैत ८ देखि १६ गतेसम्म लिलामीमा बेचिएको छ । लिलामी समेत बिक्रीपछि चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ पुगेको छ ।
 
खराब कर्जा सुधार हुँदै गएको छ । गत वर्ष ०.२६% रहेको खराब कर्जा यो त्रैमासम्म आइपुग्दा ०.२२% मा झरिसकेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ०९ पैसा रहेको यस फाइनान्सको प्रतिसेयर नेटवर्थ २८४ रपैयाँ ७३ पैसा छ । 

http://www.nepalipaisa.com/documentviewer.aspx/SIFC/Shree-Investment-Finance-Co.-Ltd./file/shree_investment_and_finance_co.ltd,_3rd_qtr_watermark_4_29_2018_1_10_28_PM.pdf
 
 
 

Post Your Comment