Market Closed

श्री इन्भेष्टमेन्टले २६.५७% बोनस प्रस्ताव पारित गर्न असार २२ मा डाक्यो एजीएम

11 Jun,2018
  • Shree-investment-finance-co_6_11_2018_11_14_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको साधारण सभा असार २२ गते हुने भएको छ । कम्पनीले गत वर्षको कमाईबाट २६.५७% बम्पर बोनस दिने प्रस्ताव पेश गर्दैछ । बोनसका लागि १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ खर्च हुनेछ । श्री इन्भेष्टमेन्टले २०७३ माघ १८ गतेसम्म कायम सेयधनीलाई बोनस सेयरमा कर छुट दिने प्रस्ताव पनि लैजानेछ ।

श्री इन्भेष्टमेन्टले यसअघि एभरेष्ट फाइनान्स लिमिटेडलाई मर्ज गरेको थियो । त्यही भएर मर्ज अघि सेयरधनी बनेकाले २ वर्ष सम्म कर छुट पाउनेछन् । सभा अमृतभोक क्याटलर्स प्रा.लि. कालिकास्थान काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । 
 
यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा गर्न कम्पनीले असार ४ गते बुक क्लोज गर्ने भएको छ । असार ३ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

हाल श्री इन्भेष्टमेन्टको चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 
 
 
 
 

Post Your Comment