Market Closed

श्री इन्भेष्टमेन्टको २६.५७% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, असार २२ मा साधारण सभा

17 Jun,2018
  • Shree-investment-finance-company-ltd_6_17_2018_10_42_54.jpg
नेपाली पैसा
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २६.५७% बोनस सुरक्षित गर्ने आइतबार (असार ३ गते) अन्तिम दिन हो । असार २२ गते हुने साधारण सभा प्रयोजनको लागि कम्पनीले सोमबार (असार ४ गते) देखि बुक क्लोज गर्दैछ । आइतबारसम्म कायम सेयरधनीले मात्र यो बोनस सुरक्षित गर्न सक्नेछन् ।
 
बोनसका लागि कम्पनीले १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ खर्च गर्न लागेको हो । यता, श्री इन्भेष्टमेन्टले २०७३ माघ १८ गतेसम्म कायम सेयधनीलाई बोनस सेयरमा कर छुट दिने प्रस्ताव सभामा लैजानेछ ।
 
कम्पनीले यसअघि एभरेष्ट फाइनान्स लिमिटेडलाई मर्ज गरेको थियो । मर्ज अघि सेयरधनी बनेकाले २ वर्षसम्म कर छुट पाउने व्यवस्था छ । सभा अमृतभोक क्याटरर्स प्रा.लि. कालिकास्थान काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
 
बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ ।
 
यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । हाल श्री इन्भेष्टमेन्टको चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

Post Your Comment