Market Closed

श्री इन्भेष्टमेन्टको आज एजीएम, २६.५७% बोनस सेयर प्रमुख एजेन्डा

06 Jul,2018
  • Shree-investment-finance-compan_7_6_2018_11_10_20.jpg
नेपाली पैसा
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको साधारण सभा शुक्रबार बिहान १० बजेब अमृतभोक क्याटरर्स प्रा.लि. कालिकास्थान काठमाडौंमा सुरु भएको छ । कम्पनीले २६.५७% बम्पर बोनस दिने प्रस्ताव पेश गर्दैछ । बोनसका लागि १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ खर्च हुनेछ । त्यस्तै, २०७३ माघ १८ गतेसम्म कायम सेयधनीलाई बोनस सेयरमा कर छुट दिने प्रस्ताव पनि पेश भएको छ । 
 
श्री इन्भेष्टमेन्टले यसअघि एभरेष्ट फाइनान्स लिमिटेडलाई मर्ज गरेको थियो । त्यही भएर मर्ज अघि सेयरधनी बनेकाले २ वर्ष सम्म कर छुट पाउनेछन् । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहको छ । 
 
आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समेत छ । 
 
सभा प्रयोजनका लागि कम्पनीले असार ४ गते नै बुक क्लोज गरिसकेको छ । यसआधारमा असार ३ गतेसम्म मात्र कायम सेयरधनीले बोनस सुरक्षित गर्न सक्नेछन् । हाल श्री इन्भेष्टमेन्टको चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 
 

Post Your Comment