श्री इन्भेष्टमेन्टको २६.५७% बोनस सेयर खातामा पाउन पहिला तिर्नुपर्ने भयो कर

11 Nov,2018
  • Shree-investment-finance-compan_7_6_2018_11_10_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २६.५७% बोनस सेयर पाउन पहिला कर तिर्नुभर्ने भएको छ । बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको खातामा सेयर पठाइने कम्पनीले जानकारी गराएको छ । २०७३ माघ १८ गतेपछि सेयरधनी बनेकाहरुले बोनस पाउन कर तिर्नुपर्ने भएको हो ।

त्यसको लागि श्री इन्भेष्टमेन्टको खाता नम्बर १९१०१०००००००००४१ मा कर वापतको रकम जम्मा गर्नुपर्नेछ । अनिमात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । कम्पनीले गत वर्ष घोषणा गरेको बोनस खाता पठाउन कर तिर्नुपर्ने बताएको हो । 
 
श्री इन्भेष्टमेन्टले भर्खरै मात्र गत वर्षको कमाईबाट १.२३% बोेनस सेयर र ८.७७% नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ५२ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ४४ पैसा छ । 
 
 
 
 

Post Your Comment