Market Closed

श्री इन्भेष्टमेन्टको २६.५७% बोनस पुग्यो खातामा, तपाईंले कर तिर्नुपर्ने छ कि ?

03 Dec,2018
  • Shree-investment-finance-compan_7_6_2018_11_10_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले २६.५७% बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको छ । कम्पनीको गत असार २२ गते सम्पन्न सभाले पारित गरेको २६.५७% बोनस खातामा पठाइदिएको हो ।

हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्न गर्नुपर्नेछ । त्यसपछि सम्बन्धित सेयरधनीको खातामा बोनस सेयर जम्मा हुनेछ । 
 
यस्तै, २०७३ माघ १८ गतेपछि सेयरधनी बनेकाहरुले बोनस पाउन पहिला कर तिर्नुपर्नेछ । बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको खातामा सेयर पठाइने कम्पनीले जानकारी गराएको छ । यसका लागि श्री इन्भेष्टमेन्टको खाता नम्बर १९१०१०००००००००४१ मा कर वापतको रकम जम्मा गर्न कम्पनीले सूचना जारी गरेको छ । 
 
श्री इन्भेष्टमेन्टले यसपटक पनि लाभांश घोषणा गरिसकेको छ । कम्पनीले गत वर्षको नाफाबाट १.२३% बोेनस सेयर र ८.७७% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २ मा हुने साधारण सभामा यो प्रस्ताव पेश हुनेछ । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ५२ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ४४ पैसा छ । 
 

Post Your Comment