Market Closed

सिद्धार्थ लगानी वृद्धि योजनाको प्रतिइकाई खुद मूल्य घट्यो, यस्तो छ सेयरमा लगानी

26 Nov,2017
  • siddhartha-investment-growth-scheme-1_11_26_2017_10_57_25.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ लगानी वृद्धि योजना–१ को प्रतिइकाई खुद मूल्य ४७ पैसाले घटेको छ । असोज मसान्तमा २१ रुपैयाँ ५५ पैसा रहेको यस योजनाको प्रतिइकाई खुद मूल्य कात्तिक मसान्तमा २१ रुपैयाँ ८ पैसामा झरेको छ । सिद्धार्थको जम्मा जारी इकाई ५ करोड हो । कात्तिकमा यसको खुद सम्पत्ति भने १ अर्ब ५ करोड ३७ लाख ६४ हजार ५८.६० रुपैयाँ छ । फन्डको सूचीकृत सेयरमा लगानी पनि घटेको छ । कात्तिक मसान्तसम्ममा यस फन्डले ५६ करोड ५३ लाख ७३ हजार ६८४.०३ रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । अघिल्लो महिना भने फन्डले ६८ करोड ९१ लाख १८ हजार ४३१.१२ रुपैयाँको सेयर होल्ड गरेको थियो । यता, फन्डले बैंक मुद्दति निक्षेपमा भने ३५ करोड ५० लाख रुपैयाँ राखेको छ । सार्वजनिक निष्कासन, हकप्रद तथा बोनस सेयरमा पनि यो फन्डको २ करोड ८९ लाख १५ हजार ५२३ रुपैयाँ लगानी रहेको छ । फन्डले कुल ५५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सिद्धार्थ लगानी वृद्धि योजनाले सबैभन्दा धेरै मेग बैंकको ४५ हजार ७७ कित्ता सेयर होल्ड गरेको छ । लगानी रकमका आधारमा भने सबैभन्दा धेरै एनएलजी इन्सुरेन्समा ४ करोड ३० लाख ९८ हजार ६८५ रुपैयाँ लगानी गरेको छ । यो फन्डको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड हो भने कोष प्रबद्र्धक सिद्धार्थ बैंक हो । सिद्धार्थ लगानी वृद्धि योजना पुस ९ गते परिपक्क हुँदैछ । 
 
 
 
 

Post Your Comment