सिन्धु विकास बैंकको ८०% हकप्रद सेयर बल्ल पुग्यो डिम्याट खातामा

02 Jul,2018
  • Sindhu-bikas-bank-Ltd_6_2_7_2_2018_12_40_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिन्धु विकास बैंकले ८०% हकप्रद सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत भदौ ८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको हकप्रद खातामा जम्मा गरिदिएको हो । सिन्धुले गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म २० लाख ९७ हजार ५४० कित्ता (८०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
 
भदौ ८ पछि सेयर डिम्याट गरेकाहरुको हकप्रद पनि खातामा जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । यता, बैंकले हालसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरको छ । अनिमात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा हकप्रद सेयर जम्मा हुनेछ । 
 
सेयर रजिष्ट्रार एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका ललितपुर, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखा कार्यालयमा गएर सेयर डिम्याट गर्नुपर्नेछ । अनिमात्र हकप्रद सेयर डिम्याट खातामा जम्मा हुनेछ ।
 
 
 

Post Your Comment