Market Closed

साना किसानले पुस २८ मा लगानीकर्तालाई के–के दिंदैछ ?

21 Dec,2016
  • sana_kisan_12_21_2016_1_44_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : साना किसान विकास बैंकको १५ औं वार्षिक साधारण सभा पुस २८ मा हुने भएको छ । 
 
बैंकले लगानीकर्तालाई गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गराउन साधारण सभा बोलाएको हो । 
 
साना किसानले १० करोड ६ लाख १२ हजार चार सय ६८.७५ रुपैयाँ बराबरको बोनस सेयरमा वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ । 
 
त्यस्तै, बैंकले बोनसमा लाग्ने १.३१६ प्रतिशत कर तिर्न ५२ लाख ९५ हजार तीन सय ९३ रुपैयाँ खर्च गर्ने प्रस्तावलाई पनि साधारण सभाको एजेन्डा बनाएको छ । 
 
कार्की बैंकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ । कम्पनीले नियमावलीको कतिपय बुँदामा संशोधन गर्ने प्रस्ताव पनि पेस गर्नेछ । 
 
साधारण सभाका लागि बैंकले पुस १४ देखि पुस २८ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ ।  चुक्ता पुँजी ४० करोड २४ लाख ४९ हजार रुपैयाँ रहेको साना किसानले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ९१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 
प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ६६ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ भने तीन सय ४७ रुपैयाँ २८ पैसा छ । 

Post Your Comment