Market Closed

चुक्ता पुँजी ५० करोड ३० लाख हुँदा रिजर्भमा १ अर्ब १९ करोड पुर्याउने कम्पनी कुन होला ?

14 Nov,2017
  • Sana-kisan-bikas-bank-Ltd_11_14_2017_12_21_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : साना किसान विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड २० लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ  । नाफा गत वर्षको भन्दा ३.६४% ले धेरै हो । गत वर्ष बैंकले ७ करोड ९१ लाख ३७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि १०.७८% ले बढेर १६ करोड ३३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी १४ करोड ७४ लाख २५ हजार रुपैयाँ मात्र थियो । साना किसानले १४ अर्ब ४९ करोड ७५ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ५० करोड ३० लाख ६२ हजार रुपैयाँ छ । यता, जगेडा कोषमा भने १ अर्ब १९ करोड ३१ लाख १९ हजार रुपैयाँ जम्मा भइसकेको छ । गत वर्ष बैंकको चुक्ता पुँजी ४० करोड २४ लाख ४९ हजार रुपैयाँ मात्र थियो । प्रोभिजनमा १ करोड ३५ लाख ३९ हजार रुपैयाँ राखेको बैंकको राइट ब्याक उल्लेख गरिएको छैन । बैंकको खराब कर्जा अनुपात ०.१२% छ । गत वर्ष खराब कर्जा ०.११% थियो । बैंकको कस्ट अफ फन्ड भने बढेर ५.५२% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड २.८८% मात्र थियो । प्रतिसेयर आम्दानी ६५ रुपैयाँ २२ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी ३३७ रुपैयाँ १७ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ ३४७ रुपैयाँ २८ पैसा थियो । 
 
 
 
 
 
 

Post Your Comment