Market Closed

साना किसानको २५% बोनस पारित गर्न मंसिर २९ मा साधारण सभा, बुक क्लोज कहिले ?

17 Nov,2017
  • Sana-kisan-bikas-ban_11_17_2017_3_11_29.jpg
नेपाली पैसा 
 
काठमाडौं : साना किसान विकास बैंकको साधारण सभा मंसिर २९ गते हुने भएको छ । सभामा साना किसानले २५% बोनस सेयरको बिशेष प्रस्ताव पेस गर्दैछ । साना किसानले १.३१६% नगद लाभांस दिने प्रस्ताव पनि लैजानेछ । यसआधारमा बैंकले १२ करोड ५७ लाख ६५ हजार ५८५ रुपैयाँ बोनस र ६६ लाख १९ हजार २४१ रुपैयाँ नगद लाभांस प्रयोजनमा खर्च गर्नेछ । साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकको नाम परिवर्तन, पुँजी वृद्धि सम्बन्धमा पनि प्रबन्धपत्र र नियमावलीमा संशाोधन गर्ने प्रस्ताव पनि पेस गरिंदैछ । साधारण सभा गर्न साना किसान विकास बैंकले मंसिर १० गतेदेखि सभा हुने दिन (मंसिर २९) सम्म बुक क्लोज गर्दैछ । मंसिर ९ गतेसम्म मात्र कायम सेयरधनी लाभांसको हकदार हुनेछन् । हाल बैंकको चुक्ता पुँजी ५० करोड ३० लाख ६२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८ करोड २० लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६५ रुपैयाँ २२ पैसा रहेको यस विकास बैंकको प्रतिसेयर आम्दानी भने ३३७ रुपैयाँ १७ पैसा छ । 
 
 

Post Your Comment