Market Closed

साना किसानको २६.३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

23 Nov,2017
  • Sana-kisan-bikas-ban_11_23_2017_11_01_11.jpg
नेपाली पैसा
 
काठमाडौं : साना किसान विकास बैंकको २६.३२% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । साना किसानले मंसिर २९ गते हुने साधारण सभामा २५% बोनस सेयर र कर तिर्न १.३२% नगद लाभांश दिने प्रस्ताव लैजाँदै छ । यसका लागि कम्पनीले आइतबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । लाभांश सुरक्षित गर्न बुक क्लोज हुनुभन्दा अघि नै सेयरधनी बनिसक्नुपर्ने हुन्छ । शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले नयाँ लगानीकर्ताले भने बिहीबार नै साना किसानको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी स्वतः लाभांशको हकदार बन्नेछन् । सभा मंसिर २९ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
 
 
 
 

Post Your Comment