Market Closed

साना किसानको २५% बोनस सेयरपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

26 Nov,2017
  • Sana-kisan-bikas-bank-Ltd_11_26_2017_11_11_33.jpg
नेपाली पैसा
 
काठमाडौं : साना किसान विकास बैंकको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता १२ सय १२ रुपैयाँ कायम भएको छ । आइतबार कम्पनीको सेयर कारोबार पनि १२ सया १२ रुपैयाँलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ११ सय ३२ रुपैयाँ हो । साना किसानले मंसिर २९ गते वार्षिक साधारण सभा गर्न आइतबारदेखि बुक क्लोज गरेको हो । सभामा २५% बोनस सेयर र कर तिर्न १.३२% नगद लाभांश दिने प्रस्ताव छ । साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकको नाम परिवर्तन, पुँजी वृद्धि सम्बन्धमा पनि प्रबन्धपत्र र नियमावलीमा संशाोधन गर्ने प्रस्ताव पनि पेस गरिंदैछ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ३० लाख ६२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साना किसानले ८ करोड २० लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६५ रुपैयाँ २२ पैसा रहेको यस विकास बैंकको प्रतिसेयर नेटवर्थ भने ३३७ रुपैयाँ १७ पैसा छ ।

Post Your Comment