Market Closed

साना किसानको साधारण सभा हुँदै, २५% बोनस, नाम परिवर्तन र पुँजी वृद्धि प्रस्ताव

15 Dec,2017
  • Sana-kisan-bikas-bank-Ltd_12_15_2017_10_59_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : साना किसान विकास बैंकको साधारण सभा शुक्रबार (मंसिर २९ गते) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुँदैछ । साना किसानले २५% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । बोनसमा लाग्ने कर तिर्न १.३१६% नगद लाभांश दिने प्रस्ताव पनि पेश हुने भएको छ । बैंकले बोनसका लागि १२ करोड ५७ लाख ६५ हजार ५८५ रुपैयाँ र कर तिर्न ६६ लाख १९ हजार २४१ रुपैयाँ नगद लाभांश बापत खर्च गर्नेछ । बैंकको नाम परिवर्तन र पुँजी वृद्धि गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा संशाोधन गर्ने प्रस्ताव पनि लगिने भएको छ । साधारण सभा गर्न कम्पनीले मंसिर १० गतेदेखि शुक्रबार (मंसिर २९ गतेसम्म) सम्म बुक क्लोज गरेको छ । मंसिर ९ गतेसम्म कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् । हाल यस बैंकको चुक्ता पुँजी ५० करोड ३० लाख ६२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८ करोड २० लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६५ रुपैयाँ २२ पैसा रहेको साना किसान विकास बैंकको प्रतिसेयर आम्दानी भने ३३७ रुपैयाँ १७ पैसा छ । 
 
 

Post Your Comment