Market Closed

साना किसानको खुद नाफा १५.८५% बढ्यो, रिजर्भ र प्रतिसेयर आम्दानी आकर्षक

11 May,2018
  • Sana-kisan-bikas-bank-Ltd__5_11_2018_10_45_16.jpg
नेपाली पैसा 
 
काठमाडौं : साना किसान विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २७ करोड ८४ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा १५.८५% धेरै हो । गत वर्ष २४ करोड ३ लाख ४६ हजार रुपैयाँ मात्र खुद नाफा भएको थियो । खुद ब्याज आम्दानी १४.९४% र सञ्चालन नाफा १२.७१% बढाउन पनि साना किसान सफल भएको छ ।

गत वर्ष ४६ करोड ३२ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी भएकामा यो त्रैमासमा ५३ करोड २४ लाख ९२ हजार पुगेको छ । सञ्चालन नाफा पनि ३७ करोड ७६ लाखबाट ४२ करोड ५७ लाख ११ हजार पुगेको देखिन्छ । चुक्ता पुँजी ६२ करोड ८८ लाख २७ हजार हुँदा रिजर्भ कोषमा १ अर्ब २५ करोड ६४ लाख ८६ हजार रुपैयाँ छ । चुक्ता पुँजी निकै आकर्षक मान्न सकिन्छ । 

प्रोभिजनमा ४ करोड ४२ लाख  ६७ हजार रुपैयाँ छुट्याउँदा बैंक १ करोड १८ लाख ३९ हजार रुपैयाँ राइट ब्याक गर्न साना किसान सफल भएको छ । खराब कर्जा पनि ०.१३% मात्र छ । प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ०४ पैसा रहेको साना किसानको प्रतिसेयर नेटवर्थ भने २९९ रुपैयाँ ८१ पैसा छ । 

Post Your Comment