Market Closed

साना किसानले असार २९ मा बोलायो विशेष साधारण सभा, सञ्चालकको निर्वाचन

19 Jun,2018
  • Sana-kisan-bikas-bank-Ltd_6_19_2018_10_55_38.jpg
नेपाली पैसा
 
काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले असार २९ गते विशेष साधारण सभा गर्ने भएको छ । सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सर्वसाधारण सेयरधनी समूहको निर्वाचनका लागि विशेष साधारण सभा बोलाइएको कम्पनीले जनाएको छ । सभाले सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ । 
 
विशेष साधारण सभा गर्न कम्पनीले असार १२ गते बुक क्लोज गर्ने भएको छ । असार ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र निर्वाचनमा मतदान गर्न पाउनेछन् । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
 
साना किसानले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २७ करोड ८४ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५९.०४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २९९.८१ रुपैयाँ छ ।

Post Your Comment