Market Closed

स्वरोजगार लघुवित्तले तिहार लगत्तै लिलामी प्रक्रियाबाट सेयर बिक्री गर्ने, कति कित्ता आउँदैछ ?

08 Nov,2018
  • auction_10_4_2018_10_47_10.jpg
नेपाली पैसा  
 
काठमाडौं : स्वारोजगार लघुवित्त वित्तीय संस्थाको तिहार लगत्तै लिलामी सेयर खुल्ने भएको छ । स्वरोजगारले कात्तिक २७ गतेदेखि ११ हजार १२९.०१ कित्ता सेयर लिलामी प्रक्रियाबाट बेच्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याउन लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । 
 
यसमा आवेदन दिने अन्तिम म्याद मंसिर ४ गतेसम्म छ । कम्पनीले यसअघि साउन १३ देखि भदौ १७ गतेसम्म १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला बिक्न बाँकी रहेको हकप्रद सेयर अहिले लिलामी प्रणालीबाट बेच्न लागिएको हो ।
 
 बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी यसअघि १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ छ ।
 
कम्पनीको गत असोज २० गते सम्पन्न साधारण सभाले यही पुँजीबाट २०% बोनस वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । १००% हकप्रद र २०% बोनसपछि स्वरोजगारको चुक्ता पुँजी २६ करोड ९४ लाख ९३ हजार रुपैयाँ पुगेको हो । 
 
 

Post Your Comment