Market Closed

स्वरोजगार लघुवित्तले निकाल्यो ५८.६३% ले खुद नाफा बढेको वित्तीय विवरण

29 Apr,2019
  • profit_img_4_29_2019_1_29_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड २३ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले गत वर्षको तुलनामा खुद नाफा ५८.६३% ले बढाएको हो । गत वर्ष यसले २ करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । 
 
स्वरोजगारको खुद ब्याज आम्दानी ५०.११% ले बढेर १३ करोड ५४ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा यसले ९ करोड २ लाख ३२ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । साथै, संस्थाले सञ्चालन नाफा ४५% ले बढाएर ६ करोड ८ लाख १२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ४ करोड १९ लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 
 
चैत मसान्त सम्म संस्थाको चुक्ता पुँजी २६ करोड ९५ लाख १२ हजार रुपैयाँ रहेको छ । यसले जगेडा कोष ५३.४६% ले बढाएर ८ करोड ६८ लाख १४ हजार रुपैयाँ जम्मा पारेको छ । गत वर्ष यहि अवधिमा ५ करोड ६५ लाख ६९ हजार रुपैयाँ जगेडा कोषमा पैसा थियो ।
 
स्वरोजगारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म १ अर्ब ११ करोड ३५ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ७७ करोड ७५ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा संस्थाको खराव कर्जा भने ०.६७% बढेर ०.८८% पुगेको छ । गत वर्ष खराब कर्जा ०.२७% रहेको थियो । 
 
यता, स्वरोजगारको प्रतिसेयर आम्दानी भने घटेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ १७ पैसाले घटेर २० रुपैयाँ ९४ पैसामा सीमित भएको हो । गत वर्ष प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०५ पैसा थियो । प्रतिसेयर नेटवर्थ पनि १३ रुपैयाँ ९७ पैसाले घटेर १३२ रुपेयाँ २१ पैसामा झरेको छ । 

 
 

Post Your Comment