Market Closed

स्वरोजगारले पनि खोज्यो पार्टनर, विशेष साधारण सभाका लागि मंगलबार बुक क्लोज

07 Jul,2019
  • book_close_7_7_2019_12_35_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनको बाटो खुला गर्ने भएको छ । कम्पनीले अन्य कुनै संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्न साउन ११ गते विशेष साधारण सभा बोलाएको छ । 
 
सभा प्रयोजनाका लागि कम्पनीले मंगलबार (असार २४ गते) देखि बुक क्लोज गर्ने भएको छ । तसर्थ, सोमबार (असार २३ गते) सम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । 
 
 कुनै संस्थालाई मर्ज वा एक्वायर गरिसकेपछि कायम चुक्ता पुँजीमा १००% हकप्रद जारी गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ । संस्थाको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा फेरवदल गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत छ ।

स्वरोजगार लघुवित्तको विशेष साधारण सभाको सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment