Market Closed

मर्जर योजनामा स्वरोजगार लघुवित्त : साउन ११ मा विशेष साधारण सभा बस्दै

22 Jul,2019
  • merger_6_7_22_2019_10_20_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन ११ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले मर्जर तथा एक्विजिसनमा जानका लागि आवश्यक काम गर्ने अनुमति लिन विशेष साधारण सभा बोलाएको हो । मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश गरिने भएको छ । 

कुनै संस्थालाई मर्ज वा एक्वायर गरिसकेपछि कायम चुक्ता पुँजीमा १००% हकप्रद जारी गर्ने एजेन्डा पनि पेश हुनेछ । संस्थाको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा फेरवदल गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत छ । विशेष साधारण सभा होटेल जुगल, मिराबल चोक, धुलिखेलमा बिहान १०ः३० बजे बस्नेछ । 
 
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २४ गते देखि बुक क्लोज गरेको छ । असार २३ गते सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । 

स्वरोजगार लघुवित्तको विशेष साधारण सभाको सूचना यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment