Market Closed

सूर्योदय लघुवित्तले फेरि किन बोलायो विशेष साधारण सभा ?

10 Feb,2019
  • Suryodaya-laghubitta-bittiya-sanstha-Ltd_8_6_2018_5_25_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्योदय लघुवित्त वित्तीय संस्थाले फागुन ११ गते विशेष साधारण सभा बोलाएको छ । सभा पुतलीबजार नगरपालिका वार्ड नं. १ स्याङजास्थित जिल्ला समन्वय समितिको सभा हलमा हुनेछ । कम्पनीको कार्य क्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव राखेर सभा बोलाइएको हो ।

हाल सूर्योदयको कार्य क्षेत्र २३ जिल्लामा छ । अब राष्ट्रियस्तरको कम्पनी बनाउन लागिएको हो । यो प्रस्तावलाई विशेष साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । यसैगरी, कम्पनी मर्जमा जान तथा एक्वायर हुन पनि तयार देखिएको छ । मर्ज तथा एक्वायरका लागि सञ्चालक समितिलाई सबै काम गर्न सबै अधिकार दिइने प्रस्ताव गरिनेछ ।

साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार दिने एजेन्डा पनि विशेष साधारण सभाबाट अनुमोदन गराइनेछ । कम्पनीले यसअघि गत पुस ७ गते वार्षिक साधारण सभा बोलाएको थियो ।

त्यस एजीएमले लगानीकर्तालाई ४२.७५% बोनस सेयर र कर तिर्न २.२५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । साथै, बोनस सेयरपछि कायम पुँजीको ५०% हकप्रद ल्याउने प्रस्ताव पनि अनुमोदन गरिएको थियो । 

सूर्योदय लघुवित्तको विशेष साधारण सभाको सूचना यहाँबाट हेर्नुहोस् । 
 
 
 
 

Post Your Comment