Market Closed

सामुदायिक लघुवित्तको मंसिर २ गतेदेखि आइपीओ खुल्दै, एक जनाले कति कित्तासम्म पाउँछ भर्न ?

08 Nov,2018
  • ipos_news_11_8_2018_11_26_26.jpg
नेपाली पैसा 
 
काठमाडौं : सामुदायिक लघुवित्तले मंसिर २ गतेदेखि ३ लाख कित्ता आइपीओ खुला गर्ने भएको छ । सामुदायिककाले आइपीओ मंसिर ५ गतेसम्म बिक्री खुला हुनेछ । कुल निष्कासन गरिने आइपीओ मध्ये (४%) १२ हजार कित्ता सेयर कर्मचारी र (५) १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइनेछ । यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री  खुला हुनेछ । तोकिएको समयमा आवश्यक मात्रमा आवेदन नपरेमा भने पुस ९ गतेसम्म भर्न सकिनेछ ।
 
लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आइपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । सामुदायिकले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनेछ । 
 
कम्पनीले आव २०७५।७६ मा १ करोड ९० लाख, आव २०७६।७७ मा २ करोड ५५ लाख र आव २०७७।७८ मा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यसैगरी, कम्पनीले चुक्ता पुँजी वृद्धि गर्दै लैजाने योजना पनि बनाएको देखिन्छ । आव २०७६।७७ मा १५ करोड ४० लाख र आव २०७७।७८ मा २३ करोड १० लाख रुपैयाँ पुर्याउने योजना पेश गरेको छ ।
 
यसअघि गत वर्षको माघमै आइपीओ जारी गर्न सूचना सार्वजनिक गरेको यस लघुवित्तलाई राष्ट्र बैंकले कारवही गरेपछि आइपीओ रोकिएको थियो । संस्थागत सुशासनमा गम्भीर समस्या भएको, वित्तीय विवरण मेल नखाएको लगायत कारण देखाई राष्ट्र बैंकले कारवाही गरेको थियो । अब क्रमशः कम्पनीको वित्तीय अवस्था र सुशासनमा सुधार हुँदै गएको विश्वास गरिएको छ । 
 

Post Your Comment