Market Closed

सूर्य लाइफले पनि ल्यायो २० हजार नौ सय ७३ कित्ता सेयर लिलामीमा

12 Dec,2016
  • EEsurya_12_12_2016_2_52_51.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्य लाइफ इन्सुरेन्सले २० हजार नौ सय ७३ कित्ता सेयर टेन्डरमा बिक्री गर्ने भएको छ । 
 
हकप्रद निष्कासन गर्दा बिक्री नभएका सेयरलाई कम्पनीले टेन्डरमा लगेको हो । सूर्य लाइफले गत साउन २० देखि भदौ २२ सम्म हकप्रद सेयर निष्कासन खुला गरेको थियो ।
 
 त्यतिबेला बिक्री नभएका साधारण सेयरधनी समूहको सेयर अहिले मूल्य बढाबढका आधारमा बिक्री गर्न लागिएको हो । लगानीकर्ताले पुस १२ देखि पुस १८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 
 
लगानीकर्ताले न्यूनतम एक सय रूपैयाँलाई आधार मानी त्यसभन्दा माथि भाउ तोकेर टेन्डर प्रस्ताव गर्नुपर्नेछ । न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । 
 
टेन्डर पुस १९ गते दिउँसो १ बजे लक्ष्मी क्यापिटल लिमिटेडको कार्यालय नयाँ बानेश्वरमा खोलिनेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गरेको हो । 
 

Post Your Comment