Market Closed

सूर्या लाइफले गर्यो ७ करोड २६ लाख रुपैयाँ नाफा, बिमा कोषमा कति छ ?

13 Feb,2018
  • surya-life-insurance-compan_2_13_2018_11_05_09.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ करोड ७८ लाख ६४ हजार रुपैयाँ घाटामा गएको सूर्याले यसपालि ७ करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा गरेको हो । यस इन्सुरेन्सले ६८ करोड १२ लाख १६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष ४६ करोड १८ लाख ७ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीले ८ करोड ९७ लाख ८७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कुल ६ करोड ९४ लाख ७२ हजार रुपैयाँ दाबी भुक्तानी भएको थियो । 
 
सूर्या लाइफको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत वर्ष चुक्ता पुँजी ५० करोड रुपैयाँ मात्र रहेको थियो । यो इन्सुरेन्सको जीवन बिमा कोषमा २ अर्ब ९६ करोड ६६ लाख ६० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३३ करोड ८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस्तै, महाविपत्ति जगेडा कोषमा ४ करोड २२ लाख २९ हजार रुपैयाँ राखेको छ । सूर्याको प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६९ पैसा रहेको छ ।

http://www.nepalipaisa.com/documentviewer.aspx/SLICL/Surya-Life-Insurance-Company-Limited/file/surya_life_insurance_co_ltd_watermark_2_12_2018_11_54_17_AM.pdf
 

Post Your Comment