Market Closed

सूर्या लाइफको ४०% हकप्रद आउँदै, यसरी गर्दैछ बुक क्लोज

10 Apr,2018
  • surya-life-insurance-compan_2_4_10_2018_10_53_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले ४०% हकप्रद जारी गर्न वैशाख ५ मा बुक क्लोज गर्ने भएको छ । वैशाख ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा वैशाख ४ गते भित्र सेयरधनी भइसक्नुपर्नेछ । पुराना सेयरधनीले भने स्वतः भर्न पाउनेछन् । 

सूर्या लाइफले ४०% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । १०ः४ अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डले सूर्या लाइफलाई अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ ।

सूर्या लाइफको गत भदौं २७ गते सम्पन्न साधारण सभाले ४०% प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय बमोजिम सूर्याले अहिले हकप्रद निष्काशन प्रक्रिया अघि बढाएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । यही चुक्ता पुँजीबाट ४०% हकप्रद निष्कासन गर्न लागिएको हो ।
 
४०% हकप्रदपछि चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड २६ लाख ५७ हजार खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १५१ रुपैयाँ ६९ पैसा छ । 
 

Post Your Comment