Market Closed

सूर्या लाइफको ४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

17 Apr,2018
  • surya-life-insurance-company-ltd_4_17_2018_11_07_51.jpg
नेपाली पैसा
 
काठमडौं : सूर्या लाइफ इन्सुरेन्सको ४०% हकप्रद सुरक्षित गर्ने मंगलबार (वैशाख ४ गते) अन्तिम दिन हो । कम्पनीले १०ः४ अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न बुधबार बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा मंगलबारभित्र सेयरधनी भइसक्नुपर्नेछ ।
 
सूर्या लाइफले ४०% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ । सूर्या लाइफको गत भदौ २७ गते सम्पन्न साधारण सभाले ४०% हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
 
बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चक्ता पुँजी पुर्याउन सूर्याले हकप्रदको सहारा लिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment