Market Closed

सूर्या लाइफको ४०% हकप्रदमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

18 Apr,2018
  • surya-life-insurance-company-ltd_4_18_2018_10_59_37.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सको ४०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि सेयर भाउ प्रतिकित्ता ७०७ रुपैयाँ कायम भएको छ । बुधबार सूर्याको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य ८७४.०७ रुपैयाँ छ । कम्पनीले १०ः४ अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न बुधबार बुक गरेको हो ।
 
सूर्याले हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment