Market Closed

सूर्या लाइफको खुद नाफा ६२.०४% ले उक्लियो, बिमा कोषमा यसरी बढ्यो पैसा

11 May,2018
  • surya-life-insurance-company-ltd_5_11_2018_6_28_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६२.०४% ले खुद नाफा बढाएर ९ करोड ७७ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ६ करोड ३ लाख २६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस त्रैमाससम्ममा १ अर्ब ४ करोड २ लाख ५५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

गत वर्ष ७७ करोड ६२ लाख ६३ हजार रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो । सूर्या लाइफले १४ करोड ८६ लाख ६९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष १० करोड २१ लाख ४१ हजार रुपैयाँ दाबी भुक्तानी भएको थियो । 
 
सूर्याको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार छ भने जगेडा कोषमा ३५ करोड ३४ लाख ४६ हजार रुपैयाँ पुगिसकेको छ । महाविपत्ति जगेडा कोषमा पनि ४ करोड ४७ लाख ३९ हजार राखेको छ । 
 
यस इन्सुरेन्सले जीवन बिमा कोषमा ३ अर्ब २२ करोड ५८ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा रहेको सूर्याको प्रतिसेयर नेटवर्थ भने १५५ रुपैयाँ १६ पैसा छ । 
 
 

Post Your Comment