सूर्या लाइफ इन्सुरेन्सको ४०% हकप्रद सेयर खुल्यो, कहाँ जाने भर्न ?

14 May,2018
  • surya-life-insurance-compan_5_14_2018_2_33_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सको ४०% हकप्रद खुला भएको छ । सूर्याले वैशाख ३१ देखि १०ः४ अनुपातमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । 
 
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं तथा आस्वामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । यस्तै, सूर्या लाइफको उपत्यका भित्रका नक्साल, काठमाडौं र पाटन, ललितपुर तथा उपत्यका बाहिरका अधिकांश शाखाबाट पनि आवेदन दिन मिल्नेछ ।
 
बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन इन्सुरेन्सले २८ करोड ८७ लाख ५० हजार रुपैयाँको हकप्रद सेयर बिक्री गर्न लागेको हो । हाल यसको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । हकप्रदपछि पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

 
 
 
 
 

Post Your Comment