Market Closed

सूर्या लाइफले दिने भयो १२% बोनस, ४०% हकप्रद भर्नेले पनि पाउने

06 Jun,2018
  • surya-life-insurance-company-ltd_6_6_2018_11_12_01.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्या लाईफ इन्सुरेन्सले १२% बोनस सेयर दिने भएको छ । यो बोनस सेयर हाल बिक्री भइरहेको ४०% हकप्रद भर्नेले पनि पाउने भएका छन् । हाल कायम ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीको आधारमा भने बोनस दर १६.८०% हुन्छ । तर ४०% हकप्रद भर्नेले समेत बोनस पाउने हुँदा बोनस दर समायोजन भई १२% हुने सूर्याले जनाएको छ ।
 
कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । ४०% हकप्रद बिक्री गरिसकेपछि सूर्याको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ हुनेछ । यो पुँजीको १२% बोनस दिएपछि भने पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सूर्या लाइफले ९ करोड ७७ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ १६ पैसा रहेको छ ।

Post Your Comment