Market Closed

सूर्या लाइफको ४०% हकप्रद भर्न अब ३ दिन मात्र समय, यसरी पाइन्छ आवेदन दिन

13 Jun,2018
  • surya-life-insurance-company-ltd_6_13_2018_6_05_32.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सको ४०% हकप्रद भर्न अब ३ कार्य दिन मात्र समय बाँकी रहेको छ । असार ३ गते कार्यालय समय भित्र यस हकप्रदमा आवेदन दिन पाइनेछ । सूर्याले वैशाख ३१ देखि १०ः४ अनुपातमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 
वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं तथा आस्वामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । यस्तै, सूर्या लाइफको उपत्यका भित्रका नक्साल, काठमाडौं र पाटन, ललितपुर तथा उपत्यका बाहिरका अधिकांश शाखाबाट पनि आवेदन दिन मिल्नेछ ।
 
बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन यस इन्सुरेन्सले २८ करोड ८७ लाख ५० हजार रुपैयाँको हकप्रद सेयर बिक्री खुला गरेको हो । हाल यसको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । हकप्रदपछि पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । 
 
सूर्याले हकप्रद पछि कायम हुने पुँजीबाट १२% बोनस सेयर दिने भएको घोषणा गरिसकेको छ । यसआधारमा ४०% हकप्रद भर्नेले पनि बोनस पाउने भएका छन् । १२% बोनस दिएपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ । 
 
बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि कम्पनी हकप्रद र बोनसको बाटोमा लागेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सूर्या लाइफले ९ करोड ७७ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ १६ पैसा छ ।
 

Post Your Comment