Market Closed

सूर्या लाइफले पायो ७०% हकप्रद अनुमति, पुँजी पुर्याउन कति चाहिन्छ बोनस ?

29 Nov,2018
  • surya-life-insurance-company-ltd_8_8_2018_10_31_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सलाई ७०% हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । सूर्याले १०ः७ अनुपातमा ७९ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । 
 
सूर्याले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही चुक्ता पुँजीबाट हकप्रद बिक्री गर्न लागेको हो । यो हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
 
बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले ७ करोड ५७ लाख ७० हजार रुपैयाँ बोनस वितरण गर्नुपर्नेछ । त्यसपछि मात्र सूर्याको चुक्ता पुँजी २ अर्ब पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ३२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ २६ पैसा रहेको सूर्याको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ८१ पैसा रहेको छ । 

Post Your Comment