Market Closed

सूर्या लाइफ इन्सुरेन्सको आज एजीएम, लगानीकर्तालाई १२% बोनस

26 Jun,2019
  • surya-life-insurance-company-ltd_8_8_2018_10_31_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले बुधबार (असार ११ गते) वार्षिक साधारण सभा आयोजना गर्दैछ । कम्पनीले १२% बोनस सेयर दिने विशेष प्रस्ताव सभामा प्रस्तुत गर्नेछ। यसले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँको १२% बोनस सेयर दिन लागेको हो । यस्तै, बोनसमा लाग्ने कर तिर्न ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि दिनेछ ।
 
सूर्या लाइफले साधारण सभा प्रयोजनका लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गरेको छ। तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले लांभाश पाउनेछन् । साधारण सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा बस्नेछ ।

यता, कम्पनीले हाल कायम पुँजीमै ७०% हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । प्रस्तावित १२% बोनस र ७०% हकप्रदपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ ।

सूर्या लाइफ इन्सुरेन्सको साधारण सभको एजेन्डा यहाँबाट हेर्नुहोस् । 

Post Your Comment