Market Closed

सूर्या लाइफको हकप्रद भर्न सेयरधनी बन्ने आज अन्तिम मौका, भदौ ८ बाट खुल्दै

13 Aug,2019
  • book_close_8_13_2019_10_11_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सको ७०% हकप्रद सेयर सुरक्षित गर्ने मंगलबार (साउन २८ गते) अन्तिम दिन हो । भदौ ८ गतेबाट हकप्रद बिक्री खुला गर्न लागेको सूर्याले बुधबार (साउन २९ गते) बुक क्लोज गर्दैछ । तसर्थ, मंगलबार सम्म कायम रहने सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् । 
 
कम्पनीले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीको १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । 
 
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । यसअघि कम्पनीले १२% बोनस सेयर वितरण गर्ने प्रस्ताव असार ११ गतेको साधारण सभाबाट पारित गरिसकेको छ ।
 
१२% बोनस र ७०% हकप्रदपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ । सूर्याले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो । 
 

Post Your Comment