नेपाली पैसा
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सको १३ लाख ५८ हजार २८० बोनस सेयर (१२%) नेप्सेमा सूचीकृत भएको छ । सूचीकृतसँगै यो सेयर अब दोस्रो बजारमार्फत कारोबार गर्न सकिनेछ । गत असार ११ गते सम्पन्न साधारण सभाले १२% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही सेयर अहिले सूचीकरण गरिएको हो । जेठ २६ गतेसम्म कायम सेयरधनीले यो बोनस सेयर पाएका छन् ।
सूर्या लाइफले भदौ ८ गतेबाट ७०% हकप्रद सेयर पनि बिक्री खुला गर्दैछ । हकप्रद बिक्री गर्न साउन २९ गते बुक क्लोज गर्ने घोषणा समेत गरिसकेको छ । साउन २८ गते मंगलबार सम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् । १२% बोनस र ७०% हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ । सूर्याले यसपछि बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउनेछ ।